सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदैछ। दिउँसो ४ बजे प्रदेशसभामा अर्थमन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने कानून प्रावधानअनुसार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो।

आर्थिक मामिला मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ५ अर्बले बढाएर ३५ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो ।

आर्थिक मामिला राज्यमन्त्री अमर साउँदले पनि चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी बजेट ल्याउने तयारी भएको बताए । बजेटमा सरकारले भौतिक पूर्वाधार निर्माण, कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिने उनले बताए ।

सरकारले पुराना र बहुवर्षीय योजनाहरुमा समेत पर्याप्त बजेट विनियोजन गरेको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ९:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया