नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले एसपिपीबारे प्रधानमन्त्रीले आजै संसदमा जवाफ दिनुपर्ने बताएका हुन् ।
‘आजै यो बैठकमा आएर प्रधानमन्त्री आफैंले यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्छ । अमेरिका के चाहन्छ उसको कुरा भयो । तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ,’ थापाले भने ।
प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपिपीबारेका भ्रम, भय र आशंकाका प्वाल बन्द हुने उनले बताए । उनी अगाडि आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।