प्रदेश १ः नामाकरणका लागि कांग्रेसले पनि थाल्यो छलफल

प्रदेश १ को नामाकरणका सत्तारुढ दल नेपाली कांग्रेसले पनि छलफल थालेको छ । 

कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले संसदीय दलका नेता राजीव कोइरालालाई अन्य दलसँग नामको विषयमा छलफल गर्ने जिम्मेवारी तोकेको छ ।

संसदीय दलले प्रदेश सभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको प्रमुख सचेतक सूर्यराज राईले जानकारी दिए ।

त्यस्तै, संसदीय दलले प्रदेशमा राजनीतिक संयन्त्रका संयोजक समेत रहेका दलका नेता राजिव कोइरालाले अन्य दलसँग नामको विषयमा छलफल चलाउने र पार्टीले नामको विषयमा समान धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ । अरु प्रदेशले नाम राखिसकेको अवस्थामा  प्रदेश एकको नाम राख्न अब विलम्ब गर्न नहुने कांग्रेसको जोड रहेका प्रमुख सचेतक राईले बताए । 

प्रदेशको नामको विषयमा गठबन्धन नेतृत्वको सरकारले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा छलफल गर्न समिति बनाएको छ । 

प्रमुख प्रतिपक्षी एमालेले पूर्व पनि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।



सो कार्यदलले छलफललाई तीब्रता दिँदै आएको छ ।



  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १४:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया