शंकर पोखरेलले सोधे– मन्त्री नै सर्वसाधरणको घर गएर कुटपिट गर्दा सरकार किन मौन ?

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई अहिलेसम्म सरकारले बर्खास्त नगरेकोमा प्रश्न उठाएका छन् । उनले बहालवाला मन्त्री नै आफ्ना सुरक्षाकर्मीसहित सर्वसाधरणको घरमा पुगेर कुटपिट, तोडफोड र अभद्र व्यवहारमा संलग्न हुँदासमेत दुई दिनसम्म सरकारको आधिकारिक धारणा नआउनु गम्भीर विषय भएको बताएका छन् ।

बुटवलमा पत्रकारहरुसँगको भेटमा लुम्बिनीका पूर्वमुख्यमन्त्री पोखरेलले कानुन कार्यान्वयन गर्ने निकायमा रहेका व्यक्तिका यस्ता गलत क्रियाकलापमा मौन हुनु आश्चर्यको विषय भएको पनि बताएका छन् । 

उनले सरकारमा संलग्न व्यक्तिहरुले नै गलत गर्ने व्यक्तिको संरक्षण गर्न खोजिएको आरोप लगाएका हुन् ।

यसअघि एमालेले विमला वलीलाई बर्खास्त गर्न माग गरेको थियो । 

उनको विषयमा छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले एक संसदीय छानबिन समिति बनाएको छ ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १५:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया