लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन
फरकधार / १ असार, २०७९

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।



बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सन्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा समिति गठन गरेको हो । 

समितिमा तीन सदस्य रहेका छन् ।



छानबिन समितिका सदस्य महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।



यसअघि दाङबाट बुटवल ल्याइएकी वली अस्पताल भर्ना भएकी छिन् । उनले मंगलबार दाङमा एक सर्वसाधरणको घरमा गएर प्रेमी खोज्नै भन्दै एक महिला र बालिकालाई कुटपिट गरेकी थिइन् । 

स्थानीयले प्रदर्शन गर्न थालेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १५:५८:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया