कर्णालीको बजेटमा पूर्वाधार विकास प्राथमिकता [पूर्णपाठ]

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको छ । बजेटमा विशेषगरी पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्षका लागि कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षभित्र कर्णाली प्रदेश सडक गुरुयोजना निर्माण गरिने मन्त्री विष्टले जनाए । यसैगरी प्रादेशिक सडक ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याउने तथा सडक निर्माण गर्दा गुणस्तर, सडक सुरक्षा र दुर्घटनाका लागि मापदण्ड तयारगरी लागु गर्ने सरकारको योजना छ ।

बहुवर्षीय ठेक्का स्वीकृत भई निर्माणाधिन अवस्थामा रहेका सडक तथा पुल निर्माण कार्यलाई तीब्रता दिन कर्णाली प्रदेश सरकारले एक अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारले जुम्ला–कालीकोट हुँदै सुदूरपश्चिमको रामारोशन जोड्ने सडक निर्माणका लागि २४ हरोड रुपैयाँ छुट्टाएको छ । यसैगरी वीन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक निर्माणलाई तीब्रता दिन ६ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री विष्टले बताए ।



कस्तो छ कर्णालीको बजेट? हेर्नुस् पूर्णपाठ :



  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १७:५९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया