कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने

कर्णाली प्रदेश सरकारले कर्णालीलाई पूर्ण साक्षर घोषणा गर्ने भएको छ ।

बुधबार आगामी आर्थिक वर्ष २०७९–०८० का लागि प्रदेशको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशलाई पूर्ण साक्षर प्रदेशको रुपमा घोषणा गर्न संघ र स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने बताए ।

स्थानीय तहको सहकार्यमा एक स्थानीय तह एक सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रमको सञ्चालनका लागि ३३ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको मन्त्री विष्टले जनाए ।

यसका साथै सामुदायिक एवम् प्राविधिक विद्यालयहरुको पूर्वाधार विकास, विपद्मा क्षति भएका विद्यालयहरुको मर्मत सम्भार, शैक्षिक जनशक्तिको क्षमता विकास र कर्णाली सार्वजनिक शिक्षा सुधार अभियान अन्र्तगत शैक्षिक सुधार कार्यक्रमहरुका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १८:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया