सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६५ लाख [पूर्णपाठ]

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

रावलले चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात् ३३ दशमलव ४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात् ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको जनाएका छन्  । त्यस्तै, अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात् ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट २ अर्ब, चालू आर्थिक वर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँटबापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रकम परिचालन गरिने मन्त्री रावलले बजेटमा प्रस्तुत गरेका छन् । 

प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक पूर्वाधारलगायतका क्षेत्रमा बजेटको व्यवस्था गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बुधबार बजेट भाषण मार्फत सो क्षेत्रमा निरन्तर थप बजेटको व्यवस्था गरेको छ । 

आर्थिक मामिलामन्त्री रावलका अनुसार आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन् ।



आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ । शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त बजेट विनियोजन भएको हो ।

यस्तै, रावलले शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै १ अर्ब ६७ करोड ९७ लाख बजेट खानेपानी संरचना निर्माण तथा पुनर्निर्माणका लागि विनियोजन गरिएको घोषणा गरेका छन् । भने सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको जनाएका छन् । 



त्यस्तै, बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि १ अर्ब १२ करोड र गत वर्ष वर्षाले विभिन्न संरचनामा क्षति पुगाएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निमार्ण एवं पुनः स्थापना गरी पीडितहरुको संरक्षण तथा सम्भावित जोखिम न्यूनीकरणका गर्न ६९ लाख विनियोजन गरिएको बताएका छन् ।

कस्तो छ सुदूरपश्चिम प्रदेशको बजेट? हेर्नुस् पूर्णपाठ :

  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १९:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया