महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै वडाध्यक्षले मागे पुरुष वडासचिव

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का वडाध्यक्षले महिला कर्मचारीसँग काम गर्न असहज भएको भन्दै पुरुष वडासचिव माग गरेका छन् । वडाध्यक्ष अर्जुनकुमार पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडासचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हुन् । 

नगरपालिकाले १० नं वडामा सुशीला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर, सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो ।

‘महिला वडासचिवबाट असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडासचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णयअनुसार अनुरोध छ,’ नगरमा पठाएको पत्रमा भनिएको छ । 

नगरपालिकाकी मेयर विमला राईले महिला कर्मचारीलाई अस्वीकार गरेकोबारे जानकारी पाएको बताउँदै बिहीबार कार्यालय पुगेर छलफल गर्ने बताइन् ।   






  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ७:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया