सिंजामा मालपोत र नापी कार्यालय स्थापना हुनुपर्नेमा दलहरूबीच सहमति

जुम्लाको सिंजा क्षेत्रका तीनवटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ । 

सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको  हो । भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो । 

जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले सिंजा गाउँपालिकाको नराकोटमा नै मालपोत र नापी कार्यालय स्थापना गर्न उपयुक्त भएको निष्कर्ष निकालिएको हो ।
 





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ८:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया