३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले नौ घन्टा सोघपुछ गरेको थियो । सोधपुछका लागि राहुललाई ईडीले पुनः शुक्रबार बोलाएको छ ।  

ईडीले उनीमाथि गरिएको सोधपुछको अडियो र भिडियो संस्करण रेकर्ड गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

पछिल्ला तीन दिनमा गान्धीसँग ईडीले ३० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिसकेको छ । कोभिड परीक्षणपछि अस्पतालमा भर्ना भएकी उनकी आमा तथा कांग्रेस प्रमुख सोनिया गान्धीको स्वास्थ्यमा सुधार आएपछि ईडीले सोधपुछ गर्ने भएको छ । 

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय  प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।  





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ८:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया