करण जोहर भन्छन्– अब जीवनसाथीको लागि धेरै ढिलो भइसक्यो
फरकधार / २ असार, २०७९

बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक करण जोहरले हालै एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । अन्तर्वार्ताका क्रममा उनले सही जीवनसाथी पाउन ढिलो भइसकेको महसुस गरेको बताए । साथै, करणले आफ्नो व्यक्तिगत जीवनमा धेरै ध्यान नदिएकोमा पछुताएको लागेको पनि बताए । 

‘म मेरो व्यक्तिगत जीवनमा अलि बढी ध्यानकेन्द्रित गरेको भए हुन्थ्यो । मलाई लाग्दैन कि मैले त्यसो गरेको छु । एक बुबाको हैसियतमा म आज धेरै सन्तुष्ट महसुस गर्छु । म बुबा बनेको राम्रो भएको हुनुपर्छ,’ उनले भनेका छन् ।  

समयमै बिहे नगरेको पछुतो लागेको पनि उनले बताए । ‘जहाँसम्म विवाहको सवाल छ, मलाई लाग्छ कि मैले त्यसमा ५ वर्ष ढिलो गरेको छु । म यो पहिले गरेको भए हुन्थ्यो तर मलाई लाग्छ कि यो फिल्म निर्माण, स्टुडियो र अन्य धेरै कुराहरूले गर्दा फोकस गर्न सकिनँ,’ करणले अन्तर्वार्ताका क्रममा भने ।    



अविवाहित रहेका करण दुई जुम्ल्याहा सन्तानका बुबा भने बनिसकेका छन् । उनी २०१७ मा सरोगेसीमार्फत बुबा बनेका थिए । उनी सन् २०१७ मा सरोगेसीको माध्यमबाट बुबा बनेका थिए । २५ मे १९७२ मा जन्मिएका करणले दूरदर्शनको टिभी शो इन्द्रधनुषबाट बाल कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।  



  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ९:३४:१८,   अन्तिम अपडेट : असार २, २०७९ बिहीबार ९:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया