फुटबलका लागि ‘पागल’ ब्राजिल महिला क्रिकेटमा पनि उडान भर्दै

ब्राजिल भन्नेबित्तिकै सबैभन्दा पहिला दिमागमा आउने कुरा हो फुटबल । फुटबलको महारथीका रूपमा चिनिएको ब्राजिलले पाँचपटक फिफा पुरुष विश्वकपको उपाधि उचालिसकेको छ । 

विश्वका उत्कृष्ट फुटबल खेलाडी उत्पादन गरिहेको ब्राजिलको परिचय विस्तारै फेरिँदै छ । ब्राजिलको कंक्रिट खेल मैदानमा छरिएका बच्चाहरू उत्साहका साथ बललाई पछ्याइरहेका छन् । तर, यो तपाईंले अनुमान गरेअुनसारको दृश्य भने होइन ।

फुटबलका लागि ‘पागल देश’को एक असामान्य दृश्य जहाँ तिनीहरू गोलपोस्ट छाडेर क्रिकेटको बलिङ, ब्याटिङ र फिल्डिङमा रमाउँदैछन् । यो कथा १ लाख १७ हजार मनिस बसोबास गरिरहेको शहर पोकोस डि काल्डास हो । जसले पेले, रोनाल्डो, रोनाल्डिन्हो, नेयमार जस्ता फुटबलका हस्तीको भूमिलाई एक जोसिलो क्रिकेट राष्ट्रका रूपमा परिणत गर्ने प्रयास गरिरहेको छ । 

सबै कुरालाई बेवास्ता गर्दै ब्राजिल अहिले क्रिकेटमा केन्द्रित हुँदैछ । उसले विशेष गरी महिला राष्ट्रिय क्रिकेट टोलीलाई प्राथमिकतामा राखेको छ । यहाँ महिला टोलीलाई सन् २०२० मा व्यावसायिक अनुबन्ध दिइएको थियो । ब्राजिल विश्वको पहिलो राष्ट्र हो जसले पुरुषभन्दा अगाडि आफ्नो महिला क्रिकेट टोलीलाई व्यावसायिक बनायो । 

अधिकांश खेलाडीहरूले क्रिकेट ब्राजिल सङ्गठनद्वारा सञ्चालित ६३ सामुदायिक युवा कार्यक्रमहरूबाट खेल सिकेका हुन्, जसका अध्यक्ष पूर्व क्रिकेटर म्याट फेदरस्टोन हुन् । जो ब्राजिलियनसँग विवाह गरेर दुई दशकअघि यहाँ बसाइ सरेका थिए।

‘मेरी श्रीमतीलाई ब्राजिलियनलाई क्रिकेट खेल्न लगाउन खोजेकोमा म पागल छु जस्तो लाग्छ,’ फेदरस्टोनले ठट्टा गर्दै भने । तर उनको करिश्मा र सामुदायिक भावनाले दक्षिणपूर्वी कफी देशको हरियो पहाडमा रहेको सहर पोकोस डि काल्डासका मेयर सर्जियो एजेभेडोले भने, ‘यो ब्राजिलको एक मात्र सहर हो जहाँ बच्चाहरू फुटबल भन्दा धेरै क्रिकेट खेल्छन् ।’ 



जब फेदरस्टोन सन् २००० मा ब्राजिलमा आए, उनले आफ्नो क्रिकेटप्रतिको माया निजी विद्यालयमा फैलाउन प्रयास गरे । तर, चाँडै थाहा पाए कि उनले रग्बी, हक्की र अन्य खेलहरूसँग टक्कर लिइरहेका छन् ।

तर, गरिब सहरमा जहाँ फुटबलभन्दा अर्काे विकल्प थिएन । उनले त्यहाँको परिवारलाई नयाँ खेलमा लाग्न कार्यक्रम सुरु गरे । इङ्ल्यान्डमा क्रिकेट धनीले खेल्ने खेलको रूपमा उदाएको थियो । ‘यहाँ हामीसँग क्रिकेट खेलको संस्कृती बसाल्न मात्र खाली कागज थियो,’ फेदरस्टोनले भने ।



‘सुरुमा यसको राम्रो प्रभाव थिएन,’ महिला क्रिकेट टोलीकी कप्तान रोर्बटा मोरेट्टी अभेरी पहिलो पटक टेलिभिजनमा क्रिकेट हेरेको स्मरण गर्दै भन्छिन्, ‘मैले बुझेको थिइन् । खेलाडीहरुले लगाएको सेतो लुगा मात्र हेरेको थिए ।’ तर, उनले ब्राजिलको सडकमा ‘ब्याट’ र ‘टाको’ भनेर खेल्ने खेल र क्रिकेट उस्तै रहेको कुरा याद गरेकी थिइन् ।

१९ औं शताब्दीमा ब्राजिलको रेलमार्ग निमार्ण गर्दा ब्रिटिसले क्रिकेट खेलेको देखेपछि ब्राजिलका दासहरूले यो खेल खेल्न लागेका थिए । उनीहरूले ब्याटको लागि कुचोको लाठी र विकेटको लागि बोतलहरूको प्रयोग गर्थे । ब्राजिलको उत्साह र खुलापनमा क्रिकेटले जितेको मोरेट्टीले बताइन् । ब्राजिलले क्रिकेटमा आफ्नै छाप लगायो । 

ब्राजिलियन महिला टोलले प्रशिक्षण गर्नुअघि मैदानमा गगंटोको स्यान्डवीच र चिया खाँदै ठूलो आवाजमा पार्टी गर्छन् । ‘यहाँ क्रिकेटको विकास गर्ने तरिका धेरै राम्रो थियो । हामीले यसमा रमाइलो गर्‍यौं,’ मोरेट्टीले भनिन् ।  

सन् २००९ मा सामूदायिक परियोजनाहरू लागू गरेर पोकोस डि क्यालडासले पाँच हजार क्रिकेट खेलाडीहरु उत्पादन गरेको छ । क्रिकेट ब्राजिल ३० हजार खेलाडी उत्पादन र अरू ठाउँहरूमा पनि क्रिकेट विकास गर्न चाहन्छ । कतिले त अन्तर्राष्ट्रिय मान्यता पनि पाएका छन् ।

अक्टोबरमा १६ वर्षकी अलराउन्डर लोरा कार्डोसोलाई एक खेल पत्रकारले चामत्कारिक प्रदर्शन भन्दै विश्वको हेडलाइन बनायो । ब्राजिलका लागि अन्तिम ओभरमा कार्डोसोल ह्याट्रिकसहित पाँच विकेट लिँदा टोलीले महिला टी–२० विश्वकप अमेरिकी छनोटमा क्यानडामाथि एक रनको नाटकीय जित हासिल गरेको थियो ।

यो ब्राजिलका लागि अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा कहिले पूरा नभएको उपलब्धि हो । दुबईमा व्यावसायिक क्रिकेट खेलेर फर्किएकी कार्डाेसो विश्वको उत्कृष्ट खेलाडीमध्येकी एक बन्न सक्ने फेदरस्टोन बताउँछन् । ‘हे भगवान्, मैले त्यहाँ के गरे?’ सहरी सरकारले दानमा दिएको राष्ट्रिय टोलीको प्रशिक्षण केन्द्र अगाडि कार्डोसोले हाँस्दै भनिन् ।

क्रिकेटमा धेरै ठूलो लक्ष्य लिएको ब्राजिलियन महिला टोली अहिले आइसिसीको टी– २० अन्तर्राष्ट्रिय वरीयताको २८ औं स्थानमा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र प्रायोजकहरूको साथले नै यो सफलता पाएको फेदरस्टोनले बताए ।

क्रिकेट ब्राजिलले एक दशकअघि पाँच हजार डलर रहेको वार्षिक बजेट बढाएर ३५० हजार डलर पुर्‍याएको छ । संघले प्रशिक्षकको प्रशिक्षण सुरु गर्न र उदीयमान खेलाडीहरूलाई विश्वविद्यालय पठाउन भनेको छ । २० वर्षकी लिन्डसे मारियानोको जसरी नै ब्राजिलमा अहिले क्रिकेटले खेलाडीको जीवनमा परिवर्तन ल्याइरहेको छ ।

‘क्रिकेट खेल्नुअघि मेरो पासपोर्ट थिएन,’ अफ्रिकन टुरको लागि सुरु भएको राष्ट्रिय टोलीको प्रशिक्षणको क्रममा उनले भनिन्, ‘तर, क्रिकेटको कारण म आज विश्वभर भ्रमण गर्न सक्ने भएको छु, धन्यवाद क्रिकेट !’ (एजेन्सीको सहयोगमा) 

  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १३:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया