ओलीको आरोप : व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयो
फरकधार / २ असार, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत जनाए । 



‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ । दुनियाँमा यस्तो कहीँ कल्पना गरिँदैन,’ अध्यक्ष ओलीले भने, ‘बजेट अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव आदिले तयार गर्छन् । तर यहाँ त अनाधिकृत मान्छे ल्याएर व्यापारीसँग सेटिङ मिलाएर करको दर तोकिन्छ ।’ 

बजेट ल्याउनु एक दिनअघि अर्थमन्त्री जनार्दन शर्मा पौडेलले दुईजना अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा ल्याई करको दर हेरफेर गरेको कुरा सार्वजनिक भएपछि ओलीले यस्तो बताएका हुन् । 



उनले पञ्चायतको बेलामा पनि नभएको अभ्यास वर्तमान सरकारले गरेको आरोप पनि लगाए । ‘यहाँ त बजेट बनाउँदै व्यापारीका प्रतिनिधि राखेर बनाइन्छ । कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको,’ उनले भने । 



  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १४:१६:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया