निजी क्षेत्रसँग सहकार्यविना निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन असम्भव : प्रधानमन्त्री देउवा
फरकधार / २ असार, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यविना सम्भव नभएको बताएका छन् । 



बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो २०२२’को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यविना सम्भव नभएको बताएका हुन् । 

निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले बताए । प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाएर निर्यात प्रवद्र्धन गरी मुलुकको व्यापार घाटालाई कम गर्दै नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा स्वदेशभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको दाबी गरे । 



उनले व्यापार एक्स्पो तथा प्रदर्शनीमा स्वदेशी उत्पादन, कच्चापदार्थ र नेपाली मौलिक प्रविधि सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकताका साथ समावेश गरी वस्तुहरुको प्रचारप्रसार तथा पहुँचमा जोड दिन आवश्यक हरेको बताए । प्रधानमन्त्री देउवाले स्वदेशी वस्तुको प्रचारप्रसारले निकासी प्रवद्र्धनमा सहयोग पुग्नुको साथै साना र मझौला उद्योगको संरक्षण र दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 



प्रधानमन्त्री देउवाले चेम्बरले आयोजना गरेको व्यापार सम्मेलनले कोभिड–१९बाट थलापरेको व्यापार व्यवसायमा थप गति र ऊर्जा प्रदान गर्ने बताए । उनले नेपाली उत्पादनको बजारीकरण र अन्तर्राष्ट्रियकरण गरी नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता एक्स्पोले सहयोग गर्नेमा दुईमत नभएको दाबी गरे । 

प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको निर्यात वृद्धि गर्न विदेशी लगानीकर्तालाई नेपालमा उद्योग व्यवसायमा लगानी गर्न उत्प्रेरित गर्ने बताए । 
त्यस्तै, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले अन्तर्राष्ट्रिय व्यापार सम्मेलन गर्नका लागि सरकारले छुट्टै स्थानको व्यवस्था गर्न माग गरे ।
 

  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १५:१८:२६,   अन्तिम अपडेट : असार २, २०७९ बिहीबार १५:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया