एमालेको संसद बहिष्कार भीम रावलले मानेनन्
फरकधार / २ असार, २०७९

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको पनि सोही पार्टीका सांसद भीम रावल भने संसदको प्रक्रियामा सहभागी भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले संसदमा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिइरहँदा रावलले उनलाई स्टेट पार्टनरसिप प्रोग्रामबारे प्रश्न गरेका छन् । 

रावलले प्रश्न गर्दै भने, ‘सन् २०१५ मा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानसेनापतिलाई अमेरिकी राज्य साझेदार कार्यक्रमलाई पत्र लेख्न अह्राएको जानकारी छ कि छैन ?’ 



अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।उक्त सहमतिको प्रस्तावबारे अन्य सांसदले समेत प्रश्न उठाएका थिए । 



  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १५:२५:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया