नेपाली सेनाले स्वीकार्यो एसपिपीका लागि २ पटक पत्र पठाइएको थियो

स्टेट पार्टनरसिप प्रोग्रामका (एसपिपी)का लागि नेपाली सेनाले दुई पटक पत्राचार गरेको स्वीकारेको छ । यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएको थियो । 

बुधबार चाहिँ नेपाली सेनाले नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरि कुनै पनि सैन्य साझेदारी हुन नसक्ने बताएको थियो । 

तर, बिहीबार क्षेत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएको छ ।

यसअघि आफूले गरेको दाबी झुट निस्किएपछि सेनाको मुख्यालय जंगी अड्डामा सेनाले आकस्मिक बैठक पनि बोलाएको छ ।

यही विषयमा सैनिक प्रवक्ता नारायण सिलवालले सेनाले एसपिपीमा सहभागी हुन दुई पटक पत्र लेखेको स्वीकार गरेका छन् । उनले सन् २०१५ र सन् २०१७ मा सेनाले पत्र लेखेको बताएका छन् ।

उनले पत्र लेखेको स्वीकार गरे पनि यो पत्र सैन्य गठबन्धनको पक्षमा नरहेको जिकिर गरेका छन् ।






  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार २१:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया