नेपाल र क्यानडाबीच सिरिज हुने, यस्तो छ खेल तालिका

नेपालले क्यानडासँग टी–२० र एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाल घरेलु टोली क्यानडासँग दुई/दुई खेलको टी–२० र एकदिवसीय सिरिज खेल्ने जनाएको हो । 

नेपालले क्यानडासँग असार १४ र १५ मा टी–२० तथा असार २० र २१ मा एकदिवसीय सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने एकदिवसीय सिरिजको तयारीस्वरूप क्यानडासँग खेल्न लागेको हो ।

आगामी जुलाईमा हुने लिग–२ सिरिजमा नेपालले आयोजक स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । नेपालले नामिबियासँग जुलाई ११ र १६ तथा स्कटल्याण्डसँग जुलाई १३ र १७ मा खेल्ने तालिका छ । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ६:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया