फेरि विवादमा मन्त्री आले, अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अर्को अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक सार्वजनिक भएको छ । यसपटक उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरेको अडियो सार्वजनिक भएको हो ।

यसअघि मन्त्री भएकै बेला आलेले भारतमा रहेका अछामका एक युवकलाई अश्लील गाली गरेका थिए । उक्त अडियोमा उनले गालीगलौजका साथै धम्की दिएका थिए ।

यसपटकको अडियोमा मन्त्री आलेले एयरलाइन्सका अध्यक्ष अधिकारीलाई हातपातका साथै अपशब्द प्रयोग गरेका छन् । अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मन्त्री आलेको आलोचना सुरु हुन थालेको छ । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ८:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया