पहिरोले घर पुरिँदा एकै घरका दुई जनाको मृत्यु

ताप्लेजुङमा पहिरोले  घर पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ। सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति घर माथिबाट झरेको पहिरोले तुलसा अधिकारी र यशोदा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तुलसा सासु हुन् भने यशाेदा बुहारी हुन् ।  मृतक तुलसाका श्रीमान् विष्णु अधिकारी घाइते भएका छन् ।  

पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ। पहिरोको विवरण संकलन, राहत तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ८:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया