चार दिनका लागि खुल्ला गरिएको ‘नाडा अटो शो’को स्टल रजिष्ट्रेसन दुई दिनमै सकियो
फरकधार / ३ असार, २०७९

चार दिनका लागि खुल्ला गरिएको ‘नाडा अटो शो–२०२२’ को स्टल रजिष्ट्रेसन दुई दिनमै सकिएको छ । कोभिड–१९ को संक्रमणका कारण दुई वर्ष रोकिएर आगामी भदौमा हुन लागेको नाडा अटो शोमा अटोमोवाइलसँग सम्बद्ध कम्पनीको आकर्षणका कारण चार दिनका लागि खोलिएको रजिष्ट्रेसन दुई दिनमै सकिएको हो । 



नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले यो वर्षको नाडा अटो शो आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्दैछ । त्यसका लागि स्टल बुकिङको रजिष्ट्रेसन खुल्ला गरिएको थियो । बिहीबार  असार २ गते स्टलका लागि आवेदन दिएका कम्पनीहरुमाझ गोलप्रथा गरिएको थियो । सोही आधारमा कम्पनीहरुलाई स्टलको छनौट र बाँडफाँड गरिएको नाडाले जानकारी दिएको छ । 

विगतका संस्करणहरुभन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियनसमेत राखिएको छ ।





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ९:४७:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया