प्रधानसेनापति शर्माले भने - मानवीय सहयताका लागि अमेरिकालाई पत्र लेखिएको हो, सैन्य गठबन्धनका लागि होइन

प्रधानसेनापती प्रभुराम शर्माले भूकम्पको अप्ठ्यारो स्थिति सामान गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन् । अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)का लागि पत्र लेखेको स्वीकार गर्दै प्रधानसेनापति शर्माले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै प्रधानसेनापति शर्माले सार्वजनिक भएको १० बुँदे फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् ।

‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साँचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भूकम्प गए पछिको अवस्था थियो, भूकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’ ०७२ सालको भूकम्पको मानवीय क्षति पछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति शर्माले बैठकमा जानकारी दिइरहेका छन् ।

‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा चिठी पठाएको हो तर भूकम्पमा मानवीय सहायताबाहेक अरू उद्देश्य थिएन, हैन’ समिति बैठकमा भने । तर, हालै सार्वजनिक भएको १० बुँदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाई छ । ‘अहिले १० बुँदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’, शर्माले समिति बैठकमा भने । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १०:३८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया