यी हुन् २०२६ को फिफा विश्वकप आयोजना हुने मैदान र सहर

सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपको आयोजक सहर र रंगशालाको नाम सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप आयोजना हुने १६ सहरका १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । 

सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गर्नेछन् । विश्वकपका खेलहरू अमेरिकाका ११, मेक्सिकोका तीन र क्यानडाका दुई सहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । 

अमेरिकामा खेल हुने सहर र मैदान : मर्सिडीज–बेन्ज स्टेडियम (एटलान्टा), एटी एन्ड टी स्टेडियम (डलास), जिलेट स्टेडियम (बोस्टन), एनआरजी स्टेडियम (ह्युस्टन), एरोहेड स्टेडियम (कन्सास सिटी), सोफी स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी), मेटलाइफ स्टेडियम (न्यूयोर्क–न्यू जर्सी), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लेभिस स्टेडियम (सान फ्रान्सिस्को) र लुमेन फिल्ड (सिएटल) । 

मेक्सिकोमा खेल हुने सहर र मैदान : एज्टेका स्टेडियम (मेक्सिको सिटी), स्टेडियो बिबीभीए (मोन्टेरी) र स्टेडियो एक्रोन(गुआडालाजारा)

क्यानडामा खेल हुन सहर र मैदान : ​बिएमओ फिल्ड (टोरेन्टो), बिसी प्लेस (भ्यानकुभर)





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १२:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया