वामदेव गौतमले भने– एसपिपी अगाडि बढाउने काममा ओली संलग्न छन्

राष्ट्रियसभाका सांसद वामदेव गौतमले अमेरिकन स्टेट पार्टनरसिप (एसपिपी) पोग्राम केपी शर्मा ओलीकै पालामा सम्झौता भएको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले एसपिपीको सुरुवात जसको पालामा भएको भए पनि अगाडि बढाउने काममा तत्कालिन प्रधानमन्त्री ओली संलग्न रहेको बताएका हुन् ।

‘यसको सुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री ज्यू संलग्न हुनुहुन्छ । सदनलाई साँचो कुरा बताउनुपर्दछ । सत्य बताउँदा कोही पनि सानो हुँदैन, पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन । हामीले अब चाहिँ त्यस्तो किसिमको काम गरौं,’ गौतमले भने ।

उनले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने पनि बताए । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै गाैतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको बताएका हुन् ।  

‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिष्ट पार्टीहरू फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टीकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरी क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ,’ उनले भने, ‘मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ । म जोजोसँग सम्बन्धित भएको छु– उहाँहरूसँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो । र, म त्यसैमा दीक्षित भए ।’ 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १३:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया