चिसो मान्छे रिलिज, के भन्छन्– स्वस्तिमा र अर्पण ?

नेपाली कथानक चलचित्र चिसो मान्छे आजबाट सार्वजनिक भएको छ ।

स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आएको हो । कर्णालीआसपासको कथा बोकेको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए ।

फिल्म सार्वजनिक पछि सिने पत्रकारहरुसँग कुरा गर्दै नायिका स्वस्तिमा खड्काले फिल्म चल्नेमा विश्वस्त रहेको बताइन् । उनले फिल्मले नेपालीहरुको वास्तविक कथा बोकेको र गाउँले परिवेशमा रहेकोले पनि राम्रो रहेको प्रतिक्रिया दिइन् । 

नायिका खड्काले फिल्ममा कुनै अवार्ड पाउने भन्ने मनशायले अभिनय नगरेको बरु अभिनयलाई सुधार्दै गएको बताइन् । त्यस्तै, नायक अर्पण थापाले कोरोनाकालको लकडाउनभन्दा अघि मानिसहरुमा मर्छु भन्ने चिसोपन त्यत्ति नभएको, तर त्यसपछिका दिनमा सबै चाहिने रहेछ भन्ने अनुभूति भएको पाइएको बताए । 

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ आजबाट एकसाथ नेपाल, अमेरिका र माल्टामा प्रदर्शनमा आएको हो । यो फिल्म यस साता रिलिज एक मात्र फिल्म पनि हो । 

कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्ममा चित्रण गरेको पाइन्छ ।



फिल्ममा कोरोना संक्रमणको त्रास, पूर्वमाओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयाघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई उतारिएको छ । 

सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आममानिसमा पारेको आर्थिक असरका आयामलार्ईसमेत फिल्ममा स्थान दिइएको छ । 
 



  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार २१:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया