भारतको सहज जितसँगै दक्षिण अफ्रिकाविरूद्धको सिरिज रोमाञ्चक मोडमा

दक्षिण अफ्रिकाविरूद्धको टी-२० सिरिजको चौथो खेलमा घरेलु टोली भारत ८२ रनले विजयी भएको छ। भारतको यो जितसँगै पाँच  खेलको सिरिज २-२ को रोमाञ्चक स्थितिमा पुगेको छ । अब सिरिज विजेताको टुङ्गो अन्तिम खेलले लगाउनेछ ।

गएरातीको खेलमा १७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.५  ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो । उसका लागि लागि रस्सी भान डेरले  २०, क्विनटन डि ककले १४ र मार्को जेनसेनले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि आवेश खानले चार,  युजवेन्द्र चहलले दुई तथा हर्षल पटेल र अक्षर पटेलले विकेट लिए । यसअघि सौराष्ट्र क्रिकेट ऐसोसिएसन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय पारी खेले । उनले २७ बलमा नौ चौका र दुई  छक्का प्रहार गरे । हार्दिक पाण्डेयले ४६, इशान किसन २७ र कप्तान ऋषभ पन्तले १७ रन जोडे ।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले दुई तथा मर्को जेनसेन, ड्वेन प्रिटोरियस र केशव महाराजले एक/ एक विकेट लिए । यसअघि दक्षिण अफ्रिकाले सात र चार विकेट र भारतले ४८ रनको जित हात पारेका थिए । पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ । 





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार ७:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया