लागूऔषधविरुद्धको अभियानमा र्‍यापर लाउरे

गत वर्षको पुस १४ मा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि ५६ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसेका र्‍यापर लाउरेले लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा लाउरेले लागूऔषधविरुद्धको अभियान नै सञ्चालन गर्ने भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रममा उनी अभियन्ताका रूपमा अगाडि देखिने बताइएको छ । यही असार ६ गतेदेखि पोखरामा विभिन्न ठाउँमा अभियान सञ्चालन गर्ने तयारी छ ।





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार ९:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया