नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण गर्दा १४ जना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पिसिआर परीक्षण गर्दा ११ र ९ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २८८ पुगेको छ । 

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १०५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार १७:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया