मन्त्री आलेले गरे बडिकेदारको पदमार्ग शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गरेका छन् । 

उनले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गरेका हुन् ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गरेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए । उनका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिनेछ । भक्तजन तथा दर्शनार्थीको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।

बोगटान क्षेत्रको जंगलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका काम पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गरेका भनाइ छ । प्रत्येक वर्षको मंसिरमा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार २२:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया