रुकुम पश्चिममा जिप दुर्घटना : चालकसहित दुईजनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापानी नजिकै जिप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको हो । 

दुर्घटनामा जिप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको मृत्यु भएको हो ।  

जिप अनियन्त्रित भएर भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ६:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया