भुटानी शरणार्थी नेता डाक्टर भम्पा राईको निधन

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । उनको आज बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  

पाँच दिनअघि राईको हर्नियाको उपचार गरिएको थियो । शनिबार दिउँसोदेखि मुटुको चाल कमजोर भएका कारण उनलाई नोबेल अस्पताल भर्ना गरिएको थियो ।

सन् १९९२ मा भुटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बस्दै आएका थिए । शरणार्थीको निःशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए ।

राईलाई दमक नगरपालिकाले निःशुल्क बसोबासको प्रबन्ध गरिदिएको थियो । श्रीमतीको गत वर्ष निधन भएपछि दमकमा उनी एक्लै बस्दै आएका थिए ।

भुटानी राजाको रूपमा पनि काम गरिसकेका राईले शरणार्थीको तेस्रो देश पुनर्वासको कार्यक्रम अस्विकार गर्दै सास रहेसम्म शरणार्थीको स्वदेश फिर्तीलाई नै अभियानको रूपमा अघि बढाउने प्रतिबद्धता गरेका थिए । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ७:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया