अमेरिका भ्रमणबारे संसदीय समितिमा जवाफ दिँदै प्रधानमन्त्री देउवा

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्न लागेको हो ।

आजको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप (एसपिपी) बारे सरकारको निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवासँग आसन्न अमेरिका भ्रमणको विषयमा छलफल हुनेछ । 

प्रधानमन्त्री देउवाले भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफ दिनेछन् । शुक्रबार बसेको समितिको बैठकले एसपिपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको थियो ।

सो बैठकले सरकारको भनाइ मौखिकरूपमा नभइ निर्णयका रूपमा आउनुपर्ने बताएको थियो । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ७:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया