आइजिपी बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

गएको सोमबार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरेपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो । 

आइतबार पोखरेल पक्षका कानुन व्यवसायीले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्नेछन् । उनीहरूको बहसपछि सिंह पक्षका कानुन व्यवसायीको बहस हुनेछ । सरकारको निर्णय बचाउका लागि सरकारी वकिलहरूले पनि बहस गर्नेछन् ।

आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ९:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया