सर्लाहीमा कार दुर्घटना : बालकको मृत्यु, सात जना घाइते

सर्लाहीको दक्षिण पश्चिम क्षेत्र धन्काैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । आइतबार बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो । 

घटनामा सोही स्थानका ७० वर्षका महेन्द्र राय गम्भीर घाइते भएका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते हुनेहरूमा बृन्दाबन नगरपालिका–४, का ४ वर्षका अमितकुमार यादव, १४ वर्षकी मिराकुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कंदै गर्दा उनीहरू सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । अनियन्त्रित भएर कार दुर्घटनामा परेको  हुनसक्ने प्रहरीको अनुमान छ ।  

घटनालगत्तै चालक फरार रहेका ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ । मृतक बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।   





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १०:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया