मुसा मोहम्मदी - पहिले टिभी एङ्कर, अहिले सडक व्यापारी
फरकधार / ५ असार, २०७९

तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि देशले धेरै आर्थिक र राजनीतिक उथलपुथलको सामना गरेको छ । तत्कालीन हमिद करजाई सरकारमा काम गरेका कबिर हकमलको हालैको  ट्विटर पोस्टले देशका  कति प्रतिभाशाली पेसेवरहरू गरिबीमा धकेलिएका छन् भन्ने देखाउँछ ।



हकमलले अफगान पत्रकार मुसा मोहम्मदीको फोटो ट्वीटरमा सेयर गरेका छन् । क्याप्सनमा हकमलले भनेका छन् की मोहम्मदी वर्षौंदेखि सञ्चार माध्यममा आवद्ध थिए । तर, अफगानिस्तानको दयनीय आर्थिक अवस्थाबीच आफ्ना आवश्यकता पूरा गर्न अहिले सडकमा खाद्यान्न बेच्दै आएका छन् ।

‘मुसा मोहम्मदीले विभिन्न टिभी च्यानलहरूमा एङ्कर र रिपोर्टरको रूपमा वर्षौंसम्म काम गरे । अहिले आफ्नो परिवारलाई खुवाउने कुनै आम्दानी छैन । केही पैसा कमाउन स्ट्रिट फूड बेच्छन् । गणतन्त्रको पतनपछि अफगानले अस्वभाविक गरिबी भोग्नुपरेको छ । ’



मोहम्मदीको कथा इन्टरनेटमा अहिले भाइरल भइरहेको छ । यसले राष्ट्रिय रेडियो र टेलिभिजनका महानिर्देशक अहमदउल्लाह वासिककोसमेत ध्यान खिचेको छ । एउटा ट्वीटमा वासिकले पूर्व टीभी एन्कर र रिपोर्टरलाई आफ्नो विभागमा नियुक्त गर्ने बताएका छन् ।



उनले अगाडि भनेका छन्, ‘निजी टेलिभिजन स्टेसनका प्रवक्ता मुसा मोहम्मदीको बेरोजगारी सामाजिक सञ्जालमा बढ्दै छ । वास्तवमा, राष्ट्रिय रेडियो र टेलिभिजनको निर्देशकको रूपमा म उहाँलाई भन्छु कि हामी काम गरौं ।  राष्ट्रिय रेडियो र टेलिभिजनको ढाँचामालाई उहाँलाई नियुक्त गर्नुहोस् । हामीलाई सबै अफगान प्रोफेसनल चाहिन्छ ।’

यसैबीच, अगस्टमा तालिबानको सत्तापलट पछि अफगानिस्तानमा मानवीय तथा आर्थिक संकट निम्तिएको छ । उनीहरुले विभिन्न सञ्चार माध्यममा धरपकड गरेका छन् । तालिबानका कारण अधिकांश महिला सञ्चारकर्मीले रोजगारी गुमाएका छन् । 

  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १०:१९:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया