प्रचण्ड भन्छन्– पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बन्दैछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण सिर्जना भएको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने,  ‘एकता र विभाजनको श्रृङ्खला पार गर्दै हामी यहाँ आइपुगेका छौं । अब चाहिँ हामी सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण बन्दैछ ।’

एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको पनि प्रचण्डको दाबी छ । परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर अझै अघि बढ्ने प्रचण्डको दाबी छ ।

परिवर्तनलाई उल्ट्याउने तत्वहरू अझै लागि परेको उल्लेख गर्दै उनले सचेत रहन पनि आग्रह गरे । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १०:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया