सरकारलाई ज्ञवालीको प्रश्न : चोलेन्द्रविरुद्ध महाअभियोग समितिलाई किन काम गर्न नदिएको ?

प्रमुख प्रतिपक्ष दल एमालेका सांसद प्रदीप ज्ञवालीले महाअभियोग समितिलाई किन काम गर्न नदिएको भन्दै प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाएर त्यसपछि कुनै काम कारबाही अघि नबढाएपछि ज्ञवालीले अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाएका छौं,’ ज्ञवालीले बैठकमा भने, ‘छानबिन समितिलाई काम गर्न नदिएर महाभियोग लगाएका छौं, यसरी कसैको तुष आत्मसन्तुष्टि होला, तर प्रणाली भने बलियो हुन्न ।’ 

प्रधानन्यायाधीश राणामाथिको महाअभियोगका बारेमा प्रतिनिधिसभा बैठकले छानबिन समिति बनाउन निर्देशन दिए पनि सो समितिको बैठक त परै जाओस् समितिको संयोजक पनि तोकिएको छैन । 

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गत १ फागुनमा ‘अचानक’ प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाएपछि प्रतिनिधिसभा बैठकले २३ फागुनमा संसदीय छानबिन समिति बनाएको थियो । तर, प्रतिनिधिसभाले सो समितिलाई अझै पनि औपचारिकरूपमा छानबिन गर्न आदेश नदिएपछि ज्ञवालीले संसदीय समितिको बैठकमा त्यो प्रश्न उठाएका हुन् ।

पाँच महिनासम्म महाअभियोग प्रस्ताव संसदमा अलपत्र छ । यसबारे सत्तारुढ दलले केही धारणा सार्वजनिक गरेको छैन ।





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १२:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया