उपाध्यक्षका आफन्तको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
फरकधार / ५ असार, २०७९

रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको आफन्तको मृत्यु भएपछि पालिकामा सार्वजनिक बिदा दिएको छ । उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको हो ।



उपाध्यक्ष सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले एक सूचना जारी गरेर सार्वजनिक बिदा दिएको उल्लेख गरेका हुन् । प्रकाशित सूचनामा मृतकको परिचय भने खुलाइएको छैन । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १४:४४:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया