नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका मन्त्रीहरु हेरफेर गर्न ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यसअघि ६ महिनामा मन्त्रीहरु फेर्ने सहमति भए पनि अहिलेसम्म नभएकोमा असन्तुष्टि जनाएका हुन् ।
उनले आफ्नो पार्टीले निर्णय गरिसके पनि प्रधानमन्त्री र अन्य दलका नेताले समय मागेकाले केही दिन ढिलाइ भएको बताएका छन् ।
उनले आफ्नो पार्टीका नेताहरुले यसलाई स्वभाविक रुपमा लिएको र केही मन्त्रीले त यसलाई स्वीकार गरेको पनि बताएका छन् ।
अब छिट्टै मन्त्रिपरिषद् रिसफल हुने विश्वास आफूले लिएको नेपालले बताएका छन् ।
नेकपा एकीकृत समाजवादीले केही दिनअघि नै सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री देउवाले नचाहँदा अहिलेसम्म सरकारमा रहेका मन्त्रीहरु फेरिन सकेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।