गगन थापाले भने– प्रधानमन्त्री बन्न योग्य छु, यसपाली प्रयास गर्छु

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापले आफू देशको प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन् । उनले आफू योग्य मात्र नभएर अब हुने प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्नेसमेत संकेत गरेका छन् । 

कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा उनले दिएको यस्तो अभिव्यक्ति अहिले सामाजिक सन्जालमा निकै चर्चाको विषय भएको छ । 

कार्यक्रममा उनलाई सोधिएको हुन्छ– तपाईं आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ?

गगनले यसको जवाफमा भन्छन्, ‘अफ कोर्स ।’

उनले अब यस विषयमा सोच्ने मात्र नभएर प्रयाससमेत गर्ने कार्यक्रममा बताएका छन् । ‘कहाँ सोच्ने मात्र यसपाली त प्रयास गर्ने हो,’ उनले भनेका छन्, ‘सकिन्छ सकिँदैन थाहा छैन तर प्रयास अवश्य गर्छु ।’

उनले यसअघि प्रधानमन्त्री भइसकेका नेताहरुले अब फेरि प्रधानमन्त्री भइदिएर नेपाललाई थप गुन लगाइदिनु पर्ने कारण नभएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १६:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया