नेपाली कांग्रेस बिपीका नेताहरू राप्रपामा प्रवेश

नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस बिपीका उपाध्यक्ष सुदर्शन सिटौला, सहमहामन्त्री दीपक कार्कीसहित केन्द्रीय नेतालाई राप्रपामा प्रवेश गराएका हुन् । 

राप्रपा पार्टी कार्यालयमा धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले उनीहरूलाई राप्रपामा प्रवेश गराएका हुन् । 

कांग्रेस बिपीका केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुव थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशीलकुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्कीलगायत नेताहरू राप्रपामा प्रवेश गरेका हुन् । 

साथै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीव श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १७:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया