प्रधानमन्त्री नआएकोमा ध्यानाकर्षण गराउने संसदीय समितिको निर्णय, कांग्रेस सांसदको आपत्ति

प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको विषयालाई प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

सो समितिका सभापति पवित्रा निरौलाले प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्दा बैठकमा नआएको विषयलाई लिएर ध्यानाकर्षण गराउने निर्णय लिने बताएकी हुन् । सभापति निरौलाको सो घोषणामा कांग्रेस सांसदहरुले भने आपत्ति जनाएका छन् ।

‘प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि आमन्त्रण गरिएको थियो, अन्तिम क्षणमा आएर सचिवालयमार्फत उपस्थित नहुने जानकारी गराउनुभयो,’ बैठकलाई अन्त्य गर्दै सभापति निरौलाले भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

सभापतिको सो घोषणासँगै नेपाली कांग्रेसका सांसदहरूले भने आपत्ति जनाएका छन् । समितिमा रहेका कांग्रेसका प्रतिनिधि सांसदहरू पुष्पा भुसाल र दिव्यमणि राजभण्डारीलगायतले भने सभापति निरौलाको सो घोषणाप्रति असहमति प्रकट गरेका छन् । 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १८:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया