सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ । आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो ।
असार १ गते प्रदेशसभामा आर्थिक मामिलामन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए ।
अन्तर सरकारी हस्तान्तरणबाट प्रदेशका ८८ वटा स्थानीय तहका लागि भने एक अर्ब ३६ करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
बझाङका १२ स्थानीय तहमध्ये सुदूरपश्चिम प्रदेश सरकारबाट सबैभन्दा बढी बजेट केदारस्युँ गाउँपालिकाले अनुदान प्राप्त गर्ने भएको छ ।
आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी हस्तान्तरणबाट केदारस्युँले एक करोड ९० लाख ९ हजार अनुदान पाउने भएको हो ।
यस्तै, मष्टा गाउँपालिकाले १ करोड ८० लाख ७७ हजार, बित्थडचिर गाउँपालिकाले १ करोड ८० लाख ४२ हजार, जयपृथ्वी नगरपालिकाले १ करोड ७५ लाख ९ हजार,बुंगल नगरपालिकाले १ करोड ४५ लाख ७९ हजार प्राप्त गर्ने भएको छ ।
यसैगरी थलरा गाउँपालिकाले १ करोड ३७ लाख २२ हजार, साइपाल गाउँपालिकाले १ करोड ३० लाख ४ हजार, सुर्मा गाउँपालिकाले १ करोड २९ लाख ७६ हजार, खप्तडछान्ना गाउँपालिकाले १ करोड २८ लाख, छविसपाथिभेरा गाउँपालिले १ करोड २४ लाख ६३ हजार, दुर्गाथली गाउँपालिकाले १ करोड २० लाख ८८ हजार पाउने भएका छन् ।
सबैभन्दा कम तलकोट गाउँपालिकामा ९९ लाख ३४ हजार अनुदान पाउने भएको छ भने बुंगलमा समपुरक अनुदान शून्य रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।