रूस–युक्रेन युद्ध वर्षौंसम्म चल्न सक्छः नेटो प्रमुख
फरकधार / ५ असार, २०७९

नेटोका प्रमुख रूस–युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । 

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । 

जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस(युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए ।जोनसन र स्टोल्टेनबर्ग दुवैले धेरै हतियार पठाउँदा युक्रेनको जितको सम्भावना बढ्ने बताएको बिबिसीले उल्लेख गरेको छ । 



पश्चिमी देशहरुको सैन्य गठबन्धन नेटोका प्रमुखले युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्नाले डोनबासको क्षेत्रलाई स्वतन्त्र गराउने सम्भावना बढ्ने बताए । यस क्षेत्रको ठूलो भाग रुसको नियन्त्रणमा गएको छ । 



पछिल्लो केही महिनादेखि रूस र युक्रेनका सैनिक देशको पूर्वी क्षेत्रलाई आफ्नो पकड बलियो बनाउन लडिरहेका छन् । 

  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार २०:२७:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया