काठमाडौंको नीति तथा कार्यक्रमको नारा साँस्कृतिक सहर, समृद्ध महानगर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफनो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

आइतबार उनल सार्वजनिक गरेको नीति तथा कार्यक्रमको मुख्य नारा काठमाडौंलाई साँस्कृतिक सहर, समृद्ध महानगर बनाउने लक्ष्य लिइएको छ ।

यसलाई उनले महानगरपालिकाको दीर्घकालीन सोच रहेको बताएका छन । 

उनले काठमाडौंको सँस्कृति र सम्पदाको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने बताएका छन् । 

त्यस्तै, आधुनिक सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोग गरेर सहरलाई जीवन्त बनाउने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।

साँस्कृति पर्यटन, नव प्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर नयाँ योजना तथा कार्यक्रम सन्चालन गर्ने उद्देश्य पनि नीति तथा कार्यक्रमले लिएको छ ।



त्यस्तै, स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

काठमाडौंलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ०:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया