फिलिपिन्समा राष्ट्रपति रोड्रिगो दुतेर्तेको छोरी बनिन् उपराष्ट्रपति

फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेकी जेठी छोरीले उपराष्ट्रपतिको सपथ लिएकी छन् । सारा दुतेर्तेले डाभाओमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध गर्ने वाचा गरिन् । यसअघि ४४ वर्षीया सारा सोही सहरको मेयर बनेकी थिइन् । 

निवर्तमान राष्ट्रपति रोड्रिगा पनि सोही सहरको मेयर बनेका थिए । केही साताअघि भएको निर्वाचनमा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति र सारा दुतेर्ते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ६:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया