प्लेअफमा टेनेरिफेलाई ३–१ ले हराउँदै जिरोना स्पेनिस ला लिगामा बढुवा भएको छ ।
टेनेरिफेको मैदानको खेलको ४१ औं मिनेटमा क्रिस्टियन स्टुएनीले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ५९ औं मिनेटमा कार्लोस रुइज एरेनागाले गोल गरेपछि टेनेरिफे खेलमा फर्किएको थियो ।
त्यसको ९ मिनेटपछि होजे लियोनबाट आत्मघाती गोल उपहार पाएपछि पुनः जिरोनाले अग्रता लिएको थियो । यस्तै, खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा अर्नाउ मार्टिनेजले गोल गरेपछि जिरोनाले ३–१ को जितसहित ला लिगामा आफ्नो स्थान पक्का गरेको छ ।
जिरोना सन् २०१८/१९ को सिजन ला लिगाबाट घटुवा भएसँगै दोस्रो डिभिजनमा लगातार पाँचौ स्थानमा रहेको जिरोना पछिल्लो सिजन पनि प्लेअफको फाइनलमा इल्चेसँग पराजित भएपछि शीर्ष डिभिजनमा उक्लिन सकेको थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।