हुम्लाका विद्यार्थीमा देखियो ठेउला रोगको लक्षण

गर्मी मौसममा देखापर्ने ठेउला रोग हुम्लामा देखापरेको छ । उत्तरी नाम्खा गाउँपालिका –४ स्थित याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीको छात्रावासमा बस्ने विद्यार्थीहरूमा यस्तो समस्य देखिएको हो ।

 ५७ जना विद्यार्थीहरूमा ठेउला जस्तो लक्षण देखिने रोग देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । जाँच र परीक्षणका लागि नमुना संकलन कार्य भइसकेको उनले बताए । पालिकाको स्वास्थ्य टिम र जिल्लाबाट गएको टिमले संयुक्त रुपमा उपचारका लागि खटिएको उनले जानकारी दिए । संकलन गरिएको नमुना आज सुर्खेत पुगिसक्ने सिंहको भनाइ छ । 

कस्तो प्रकारको ठेउला हो भन्ने कुरा नमुना जाँच पछि मात्र भन्न सकिने उनले बताए ।  सदरमुकाम सिमकोटबाट दुई दिन हिँडेर मात्र रोग प्रभावित गाउँमा पुग्न सकिन्छ ।  पाक्ने ,चिलाउने, फोका उठेको ठाउँमा खाल्डो पर्ने भएकाले ठेउला नै हो भन्ने एकीन नभएको नाक्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । सरसफाइको कमिदेखि धेरै विद्यार्थी भएकाले यहाँ बढी समस्य आएको आफूले पाएको उनले बताए ।  





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ११:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया