लगातार तेस्रो जित निकाल्दै नेपाल टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा
फरकधार / ६ असार, २०७९

एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित निकालेको  छ । आज सम्पन्न खेलमा बहराइनमाथि आठ विकेटको जितसँगै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।



१५ रनको सामान्य लक्ष्य  नेपालले ३.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि सीता राना मगरले चार तथा कविता जोशीले अविजित तीन रनको योगदान दिए ।

बहराइनका लागि पवित्रा सेट्टी र भिलिसटा बार्बोजाले एक/एक विकेट लिए । त्यसअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित सात ओभरमा सात विकेट गुमाउँदै १४ रन बनायो । वर्षाका कारण समयमै टस हुन नसकेपछि खेललाई सात ओभरमा झारिएको हो । 



बहराइनका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि इशारा सुहुनले सर्वाधिक ६ रन जोडिन् । नेपालका लागि सबनम राई र कविता कुवँरले दुई र दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए ।  



यो जितसँगै समूह ‘बी’ को नेपाल तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा कायम छ । यसअघि यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले हराएको थियो । 

पराजित बहराइन समान खेलबाट एक अंकका साथ चौथो स्थानमा छ । यसअघि बहराइनले कुवेतसँगको खेल बिना नतिजा टुंग्याउँदा हङकङसँग आठ विकेटको पराजय बेहोरेको थियो ।  

अब समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार हङकङ तथा बहराइनले बुधबार भुटानको सामना गर्नेछन्  ।

  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ११:५४:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया