चोटका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिँदै नेदरल्याण्ड्सका कप्तान

नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पिटर सीलारले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । नेदरल्याण्ड्स क्रिकेटले कप्तान सीलारले संन्यास घोषणा गरेको जनाएकाे हाे  ।

पछिल्लो समय देखिएकाे ढाडको चोटको कारण उनले संन्यास लिएको बताइएको छ । ३४ वर्षीय अलराउन्डर संन्यासले नेदरल्याण्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

सन् २००६ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करिअरकाे सुरुवात गरेका उनले भर्खरै इंग्ल्याण्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२२ रन बनाउनुका साथै ५५ विकेट हात पारेका छन् । सन् २००८ मा केन्याविरुद्धको खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सीलारले गत वर्ष श्रीलंकाविरुद्ध अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए ।

उनले टी-२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित ५९१ रन बनाउनुका साथै ५८ विकेट लिएका छन् । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १३:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया